मुम्बई ।
बक्सअफिसमा उत्कृष्ट व्यापार गर्दै आएको फिल्म ‘द केरल स्टोरी’का निर्देशक सुदिप्तो सेन अस्पताल भर्ना भएका छन्। पछिल्ला दिनमा फिल्मको प्रचारप्रसारमा व्यस्त निर्देशक धपेडीका कारण बिरामी परेका हुन्।
फिल्ममाथि प्रतिबन्ध र विरोधको सामना गरिरहँदा फिल्मले बक्स अफिसमा २ सय करोडको आँकडा पार गरिसकेको छ। निर्देशक सेन अस्पताल भर्ना भएपछि अन्य सहरमा गरिने फिल्मको प्रचारप्रसारको कार्यक्रमलाई हालका लागि रोकिएको छ।
‘सुदिप्तो सेन फिल्मको टिमका साथ प्रचारप्रसार गरिरहँदा दौडधुपले अस्वस्थ बनेका छन्। बिरामीका कारण अस्पताल भर्ना भएपछि प्रचार कार्यक्रम र यात्रालाई रोकिएको छ’, फिल्म युनिटका एक सदस्यले भने।
सुदिप्तो स्वस्थ भएपछि भारतका १० सहरमा फिल्मको प्रमोसनको काम गर्नेछन्। फिल्मले केरल राज्यको तीन युवतीको कथा देखाएको छ। जसको आईएसआईएसले ब्रेनवास गरेर उनीहरुको धर्मान्तरण गर्छन्। फिल्ममा अदा शर्मा, योगिता बिहानी, सोनिया बलानी र सिद्धि इदवानीको अभिनय छ।
प्रतिक्रिया