जया बच्चनको भिलेन कमब्याक

मुम्बई । बलिउड अभिनेत्री जया बच्चन लामो समयपछि फिल्ममा कमव्याक गर्दैछिन् । उनी निर्माता तथा निर्देशक करण जोहरको मेगा बजेटको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ मार्फत कमव्याक गर्न लागेकी हुन् । फिल्ममा उनी धर्मेन्द्र र शबाना आजमीजस्ता कलाकारसँग स्क्रिन शेयर गर्दैछिन् । यो फिल्ममा दर्शकले आलिया भट्ट र रणवीर सिंहको रोमान्स हेर्न पाउनेछन् ।…