काठमाडौँ । भारतमा जारी १४ औँ साफ च्याम्पियनशिप फूटबल प्रतियोगिताबाट बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई पराजित गरेको छ। बेंगलोरस्थित कान्तिराव स्टेडियममा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० ले पराजित गरेको हो। नेपालका आशिष चौधरीले खेलको ८०औं मिनेटमा गोल गरेका थिए। चौधरीको यो डेब्यु गोल हो। दुवै टिमले डेढ दर्जन गोल गर्ने अवसर पाए पनि गोल गर्न…