काठमाडौँ । हलीवुड कलाकारहरु आजबाट आन्दोलित भएका छन्। साठी वर्ष भन्दा लामो अवधिपश्चात् पटकथा लेखकहरूले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै हलीवुडकर्मीहरू काम रोकेर आन्दोलनमा सहभागी भएका हुन्।
झन्डै एक लाख ६० हजार कलाकारहरूले त्यहाँको समय अनुसार बिहीवार मध्यरातबाट काम गर्न छाडेको बीबीसीले जनाएको छ। किलिअन मर्फी, म्याट डेमन र एमली ब्लन्ट जस्ता प्रख्यात कलाकारहरू लन्डनमा आयोजित क्रिस्टोफर नोलनको ओपनहाइमर चलचित्रको प्रमिअर कार्यक्रमबाट बाहिरिएको बताइएको छ।
स्क्रीन याक्टर्स गिल्ड (एएसजी)ले स्ट्रिमिङ कम्पनीहरू नाफाको न्यायोचित वितरण र काम गर्ने वातावरणको विषयमा सहमत गराउने लगायतका माग राखेर हलीवुड कलाकारहरुले आन्दोलन गरेका हुन्।
किलिअन मर्फी, म्याट डेमन र एमली ब्लन्ट जस्ता प्रख्यात कलाकारहरू लन्डनमा आयोजित क्रिस्टोफर नोलनको ओपनहाइमर चलचित्रको प्रमिअर कार्यक्रममा सहभागी भएनन्।
कलाकारहरूले काम नगर्ने भएपछि अमेरिकी फिल्म र टेलिभिजन क्षेत्रमा निर्माणका धेरै कामहरू रोकिने बताइएको छ। युनियनले कलाकारलाई प्रतिस्थापन गर्न आर्टिफिसल इन्टेलिजेन्स (एआई) र कम्प्यूटरबाट बनाइने आकृति तथा आवाज प्रयोग गरिने छैन भन्ने ग्यारेन्टीको माग गरेको छ।
एसएजीले ‘सेल्फ(टेप्ड अडिसनु अर्थात् आफैँले आफ्नो कलालाई भिडिओमा उतारेर प्रतिस्पर्धाहरूमा पठाउनुपर्ने काममाथि कडाखालको नियमन हुनुपर्ने माग गरेको छ।
एसएजीद्वारा अनलाइन प्रकाशित एउटा हडतालसम्बन्धी दस्तावेज अनुसार उक्त विरोध प्रदर्शनमा अभिनय, गायन वा नृत्य, साथसाथै विभिन्न विधामार्फत् मनोरञ्जन प्रदान गर्ने कलाकारहरू सहभागी हुनसक्ने समाचारमा उल्लेख गरिएको छ। बीबीसीको सहयोगमा
प्रतिक्रिया