नेपालले पाकिस्तान ‘ए’लाई दियो १८० रनको लक्ष्य

नेपालले पाकिस्तान ‘ए’लाई दियो १८० रनको लक्ष्य


काठमाडौँ ।

श्रीलंकामा जारी एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले पाकिस्तान ‘ए’ लाई जितका लागि १८० रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ३७ ओभरमा अलआउट हुदै १७९ रन बनाएको हो। नेपालका लागि सोमपालले ७५ रन, कुशल भुर्तेल १ रन, आसिफ सेख १२, कप्तान रोहित पौडेल ४, भिम सार्की ०, अर्जुन साउद १७, कुशल मल्ल १७, पवन सराफ १, गुलशन झाले १३, प्रतिष जिसीले २६ र ललित राजबंशीले अविजित १ रन बनाए।

त्यसैगरी पाकिस्तानका बलर शहनवाज दहानीले ५ विकेट लिए भने मुहमद वासिमले ४ विकेट तथा मुबसिर खानले एक विकेट लिएका थिए।