काठमाडौँ । नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाएका निर्देशक निश्चल बस्नेत निर्देशन गरेको चलचित्र ‘दिमाग खराब’ चौथो सातामा प्रदर्शनरत छ। गत कात्तिक २४ गतेदेखि प्रदर्शन भइरहेको चलचित्रले घरेलु बजारमा राम्रो व्यापार गरिरहेको निर्माता रौनकविक्रम कँडेलले जानकारी दिए। “चलचित्रलाई दर्शकले नै सिफारिस गर्नुभएपछि चलचित्र सफल…