काठमाडौं ।
जिल्ला अदालत काठमाडौंमा सुनुवाइभएको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोप सम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको छ। जिल्ला अदालतकाठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको मुद्दामाआइतबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राख्ने आदेश भएको अदालतले जनाएको छ।
आज यो मुद्दाको पेसीन्यायाधीश शिशिरराज ढकालको इजलासमा तोकिएको थियो। सोमबार न्यायाधीश ढकालकै इजालसमा पुनः सुनुवाइ हुनेछ । यसअघि पटक–पटक स्थगन र कागजात झिकाउने आदेश हुँदै आएकोउक्तमुद्दामा अहिलेसम्म ३३ पटक पेसी चढिसकेको छ।
आज न्यायाधीश ढकालले ‘हेर्दाहेर्दै’ मा राखेकाले अर्को पेसीमा अन्तिम फैसला आउन सक्ने कानून व्यवसायीले आकलन गरेका छन्। २०७९ भदौमा लामिछानेविरुद्ध नाबालिग बलात्कारको आरोप लागेको थियो। क्रिकेट खेल्न अफ्रिकी मुलुक पुगेका सन्दीप प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि राष्ट्रिय टोलीसँगै नफर्की भागेर अमेरिका पुगेका थिए । इन्टरपोलमार्फत पक्राउ पर्ने सूचना जारी भएपछि उनले नेपाल फर्किएर आत्मसमर्पण गरेका थिए।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई छाडिदिएको थियो। उच्चको आदेशलाई समेत सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन्।
प्रतिक्रिया