हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । पहिरोमा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त, नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक…