प्रतिव्यक्ति आम्दानी २४ सय अमेरिकी डलर पुर्याउने एमालेको घोषणा

प्रतिव्यक्ति आम्दानी २४ सय अमेरिकी डलर पुर्याउने एमालेको घोषणा


काठमाडौँ ।

नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो।

उक्त घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालीको आम्दानी २ हजार ४०० अमेरिकी डलर पुर्‍याउने दाबी गरिएको छ। आगामी पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर २ हजार ४०० पुर्‍याइनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ।