नेपालीहरु समेतको साथमा साउथ अष्ट्रेलियाका प्रिमियरले मनाए दिपावली

नेपालीहरु समेतको साथमा साउथ अष्ट्रेलियाका प्रिमियरले मनाए दिपावली


एडिलेड । साउथ अष्ट्रेलियाका प्रिमियर पिटर मालिनौस्कसले हिन्दुहरुको पर्व दिपावलीको उपलक्ष्यमा एक समारोहको आयोजना गरेका छन् ।

एडिलेड कन्भेन्सन सेन्टर, गिल्बर्ट सुइटमा आयोजित समारोहलाइ सम्बोधन गर्दै प्रिमियर मालिनौस्कसले साउथ अष्ट्रेलियाले बहुसंस्कृतीलाई सम्मान गर्ने गरेको बताउदै पछि समय दिपावली मनाउनेहरुको संख्या राज्यमा उल्लेख्य रुपमा बढेको बताए । प्रिमियरले अन्य राज्यहरु भन्दा साउथ अष्ट्रेलियमामा विविधताको सम्मान र उत्सवहरुलाई मनाउने बताए । उनले दिपावलीको महत्व माथि प्रकाश पार्दै दिपावली नराम्रो माथी राम्रोको विजयको पर्व भएको बताए ।

समारोहमा पर्यटन मन्त्री जो वेटिशनले कार्यक्रम संचालन गर्दै दिपावलीको शुभकामना दिएकी थिइन । कार्यक्रममा संसदमा प्रमुख विपक्षी दलका नेता डेभिड स्पेयर्सको समेत उपस्थिति रहेको थियो ।

नेपाली र भारतीय सामाजिक अगुवाहरुको उपस्थितिमा भएको कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगको अध्यक्ष एड्रियाना क्रिस्टोपोलोस, बोर्ड सदस्यहरु मञ्जु खड्का र राजेन्द्र पाण्डे, साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्य दिपक धमला, एनआरएनए साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा लगायतका अगुवाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली समुदायको तर्फबाट एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले प्रिमियर मालिनौस्कस र बहुसांस्कृतिक आयोग सदस्य तथा एनआरएनए नारी निकुञ्ज अष्ट्रेलिया संयोजक मञ्जु खड्काले पर्यटन मन्त्री वेटिशनलाई कलात्मक पानस उपहार प्रदान गरेका थिए ।

केबिसी खबर संग कुरा गर्दै साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य खड्काले नेपाली समुदायको संख्या बढे संग नेपाली पहिचानलाई स्थापित गर्ने काममा क्रियाशिल रहेको बताइन । उनले विगतमा दिवाली मात्र भनेर सम्वोधन गर्नेहरु अव दिपावली , तिहार भनेर पनि सम्वोधन गर्न थालेको बताउदै नेपाली समुदायका सदस्यहरु नेपाली पर्व र संस्कृतिको प्रचार प्रसार संगै स्थापित गर्ने अभियानमा रहेको बताईन ।