तास्मानिया होबार्ट ।
अष्ट्रेलियमा रहेका नेपाली पत्रकारहरुको साझ संस्था अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएसन (एन्जा)को दोश्रो अधिबेशन तास्मानियाको होबार्टमा हुँदैछ । यही नोभेम्बर ५ र ६ मा हुने उक्त अधिवेशनमा भाग लिन अष्ट्रेलियाको विभिन्न राज्यमा भएका नेपाली पत्रकारहरु होबार्ट आउने क्रम जारी रहेको छ। उक्त अधिवेशनका लागि होबार्टमा जम्मा हुने प्रतिनिधिहरुले अधिवेशनको अधिल्लो दिन ४ तारिख तास्मानिया राज्य सरकारको संसद् भवनको अवलोकन गर्न आज (शुक्रबार) रात्री भोज पनि रहेको कार्यक्रम संयोजक खगेन्द्र सत्याल र छत्र शंकरले जानकारी दिए ।
अधिवेशनको लागि स्थानीय तहमा अतिथिको पनि टुँगो लागेको छ । तास्मानिया राज्य सरकारका मन्त्रीहरु एलिस आचर, जस व्वीली, अष्ट्रेलियाको मुलधारका मिडियाका संचारक्रमीको उपस्थिति रहने सत्यालले जनाए। कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत केलाशराज पोखरेल र गैर आवसीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङलगायतको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।
अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न उपाध्यक्ष निरू त्रिपाठी, महासचिव चिरन्जीवी देवकोटा, सचिव सरल गुरूंग, सदस्य नारायण खड्का बिहीवार नै तास्मानिया पुगिसकेका छन् भने संरक्षक हेमन्त काफ्ले, अध्यक्ष ऋषि आचार्य, कोषाध्यक्ष कृष्ण तिवारी, सदस्य तक्दीर अधिकारी लगायतका पत्रकारहरू आज होवार्ट पुग्ने कार्यक्रम संयोजक सत्यालले जानकारी दिए ।
एन्जाले प्रत्येक दुई वर्षमा नेतृत्व छान्ने गर्दछ ।
प्रतिक्रिया