प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन हुन्थेन, गल्ती गर्याैँ : शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका छन्।संस्थापनइतर समूहको जारी बैठकमा कोइरालाले बहुमतको निर्णय मान्नुपर्ने बाध्यता आइपरेको बताए । उनले भने, ‘हामीले विश्वासको मत दिएर गल्ती गर्‍यौँ । मैले कार्यसम्पादनमा तटस्थ बस्ने प्रस्ताव राखेको थिएँ सुनुवाइ भएन । बहुमतको निर्णय मान्नुपर्ने बाध्यता…