काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरू भएको छ। बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरू भएको हो। बैठकमा समसामयिक राष्ट्रिय राजनीतिदेखि पार्टीको भावी रणनीतिबारे छलफल हुने स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए।