प्रेमप्रसादको आत्मदाहको निर्णय हिजो देखिको निराशाको परिणाम हो : गृहमन्त्री लामिछाने

प्रेमप्रसादको आत्मदाहको निर्णय हिजो देखिको निराशाको परिणाम हो : गृहमन्त्री लामिछाने


काठमाडौँ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेम आचार्यको आत्मदाह गर्नुमा आफु पनि दोषी रहेको बताएका छन् । उनले प्रेम आचार्यको आत्मदाह गर्न निर्णय फेर्न नसकेकोमा माफीसमेत मागेका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका आचार्यको मृत्युपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन,’ लामिछानेले भनेका छन्, ‘यसमा हामी दोषी छौं, म दोषी छु।’