काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गर्दै कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार आगामी २५ फागुनमा राष्ट्रपतिको र ३ चैत्र ३ मा उपराष्ट्रपति पदको निर्वाचन हुनेछ । दुवै पदका लागि तोकिएको दिन तोकिएको मतदान केन्द्रमा बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म…