अस्ट्रेलियाको पाँच डलरको नोटमा अंकित एलिजाबेथको तस्बिर हटाइने

अस्ट्रेलियाको पाँच डलरको नोटमा अंकित एलिजाबेथको तस्बिर हटाइने


मेलबर्न अस्ट्रेलिया ।

अस्ट्रेलियाको केन्द्रिय बैँक रिजर्भ बैङ्कले महारानी एलिजाबेथको तस्बिर अंकित पाँच डलरको नोटको आवरणमा परिवर्तन गर्ने निर्णय गरेको छ । पाँच डलरको नोटमा अंकित महारानी एलिजाबेथको तस्बिर हटाएर अस्ट्रेलियाका आदिवासी समुदायको संस्कृति र इतिहास झल्काउने गरी तस्बिर राखिने भएको हो ।

नोटको पछिल्लो भागमा रहेको अस्ट्रेलियाली संसद् भवनको तस्बिरलाई भने यथावतै राखिने एसबिएस नेपालीले जनाएको छ। बैङ्कका अनुसार सरकारसँगको छलफल र समर्थन पछि उक्त परिवर्तन गर्न लागिएको हो।

तर कस्तो तस्बिर राख्ने भन्ने कुरा चाहिँ आदिवासी समुदायसँगको छलफल पछि मात्र निर्णय गरिने छ। यो सब प्रक्रिया पुरा भएर नोट बजारमा आई पुग्न अझै समय लाग्ने छ। नयाँ नोटको बारेमा टुङ्गो नलागेसम्म हालको नोट प्रयोग र छपाइलाई भने यथावतै राखिने रिजर्भ बैँकले जनाएको छ । नयाँ नोट बजारमा आइसकेपछि पनि पुरानो नोटको कारोबार भने रोकिने छैन।

अस्ट्रेलियाली नोटमा राष्ट्रपति योगदान दिएका मानिसहरूको तस्बिर अकिंत हुने रिजर्भ बैङ्कको वेबसाइटमा उल्लेख छ।