लुम्बिनीका मुख्यमन्त्री गिरीले लिए शपथ

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शपथ लिएका छन्। बिहीबार दिउँसो दाङको राप्ती उपत्यकास्‍थित नवनिर्मित प्रदेशसभा भवन परिसरमा उनले शपथ लिएका हुन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाएका हुन्। यस्तै मुख्यमन्त्री गिरीले सानो मन्त्रिमण्डल पनि गठन गरेका छन्। नेकपा एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी पनि मन्त्री बनेका छन्।