यी हुन् माओवादी केन्द्रको स्थायी कमिटीले गरेका निर्णय

यी हुन् माओवादी केन्द्रको स्थायी कमिटीले गरेका निर्णय


काठमाडौँ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । पार्टीका केन्द्रीय नेताहरू २ महिना कार्यकर्ता र जनताकहाँ जाने भएका हुन् । पार्टीको स्थायी कमिटीको शनिबारको बैठकबाट पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय लिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बताए ।

केन्द्रीय नेताहरू संगठन सुदृढीकरणका लागि जनता र कार्यकर्ताकहाँ गएर आउने अनि केन्द्रीय समितिको बैठकमा त्यसको प्रतिवेदन पेस गर्ने निर्णय गरिएको महराले बताए ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पार्टी पंक्ति र जनतालाई भेट्ने योजना तय भएको जानकारी दिए । पार्टीको संगठनबारे स्थायी कमिटीमा व्यापक छलफल भएको उनले जानकारी दिए ।

सहमतिमा राष्ट्रपति
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका अर्का नेता देवेन्द्र पौडेलले नेकपा ९एमाले० सहितको सहमतिमा राष्ट्रपतिको चयन गरिने बताए । उनले सहमतिका आधारमा नै मुलुकका समस्या समाधान गर्ने सोच आफूहरुको रहेको र त्यसैका आधारमा आफ्नो मत राखेको उल्लेख गरे । राष्ट्रिय सहमतिको कुरा गर्दा कोही कसैले पनि आत्तिन नहुने नेता पौडेलको भनाइ छ ।

प्रधानमन्त्रीको निर्देशन तल पठाइने
प्रवक्ता महराका अनुसार पार्टी दाहालको नेतृत्वमा वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्रीका रुपमा दिनुभएको निर्देशनलाई पनि तल्ला समितिमा पठाइने छ । प्रधानमन्त्रीले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।