कर्णाली र सुदूरपश्चिममा प्रदेशमा भूकम्पको धक्का महसुस

काठमाडौँ । कर्णाली प्रदेशलगायत पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो हिमपातसँगै २ः४३ बजे भूकम्पको धक्का महसुस गरिएको हो। सुदूरपश्चिमका विभिन्न जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ। भुकम्पका कारण बाजुराको बडिमालिकामा सात घरमा क्षति पुगेको छ ।