क्यानबेरा, अष्ट्रेलिया । अष्ट्रेलियामा रहेका सक्रिय पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनको क्यानबेरामा सम्पन्न साधारणसभाले कृष्ण तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । एन्जा उपाध्यक्षमा माधव गैरे, महासचिवमा गणेश भट्ट, कोषाध्यक्षमा खगेन्द्र सत्याल, सचिवमा तक्दीर अधिकारी, प्रवक्तामा मिलन दाहाल र पब्लिक अफिसरमा कोम खत्री चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा सरल गुरुंग, विनायक…