काठमाडौँ । मंगलबार पनि सार्वजनिक सवारी साधन नचल्दा काठमाडौं उपत्यकाका सडकहरु सुनसान बनेका छन् । जसका कारण दैनिक कामकाजमा जाने सर्वसाधारणहरु मर्कामा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता दीपक गिरिका अनुसार मंगलबार केही गाडीहरु छिटफुट रुपमा चलेका छन् । उनले भने, ‘हिजोको तुलनामा आज केही गाडीहरु चलेका छन् । मयुर यातायात, थानकोट जाने फोर्स गाडी र केही भाडाका ट्याक्सीहरु चलेका छन्।’त्यस्तै साझा यातायातका बसहरु पनि आज सडकमा गुडेको देख्न सकिन्छ । मंगलबार काठमाडौं उपत्यकामा साझा यातायात र प्रहरीले पनि काठमाडौंमा नि:शुल्क बस सञ्चालनमा ल्याएको थियो । सोमबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भएपनि यातायात व्यवसायीले मंगलबार पनि सार्वजनिक सवारी साधन नचलाएका हुन् ।
प्रतिक्रिया