लुम्बिनी प्रदेश — नयाँ सांसद चयनको तयारीमा जनमत पार्टी, आन्तरिक छलफल जारी

लुम्बिनी प्रदेश — नयाँ सांसद चयनको तयारीमा जनमत पार्टी, आन्तरिक छलफल जारी


   चितवन । लुम्बिनी प्रदेशमा रिक्त रहेको सांसदको पदमा नयाँ प्रतिनिधि पठाउने विषयमा जनमत पार्टीले आन्तरिक छलफललाई तीव्र पारेको छ। पार्टीभित्र अहिले उम्मेदवार चयनको विषयलाई लिएर विचार–विमर्श भइरहेको छ। सूत्रका अनुसार, प्रदेश सभा सदस्य पद रिक्त भएपछि पार्टीले योग्य र प्रभावशाली व्यक्तित्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ। यस विषयमा शीर्ष नेताहरूबीच निरन्तर संवाद भइरहेको जनाइएको छ।
पार्टीले निर्वाचन आयोगलाई बुझाएको बन्द सूचीमा गीता गुरुङ पछि गुल्मीमा राजेन्द्र श्रेष्ठको नाम रहेको छ। तर श्रेष्ठ लामो समयदेखि पार्टीको सम्पर्कमा छैनन्।
उनले भने, ‘गीता पछि क्रम अनुसार राजेन्द्र श्रेष्ठ हो । तर उहाँ पार्टीको सम्पर्कमा नभएको लामो समय भयो । अव हामीले अन्यलाई पठाउने हो भने निर्वाचन आयोगले मान्छ कि मान्दैन ? त्यही विषयमा आन्तरिक छलफल र समाधानको खोजीमा छौँ।’