काठमाडौँ । पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेले आफूमाथि गरिएको जरिवाना र कैदको फैसला अन्यायपूर्ण रहेको दाबी गरेका छन् । भृकुटीमण्डपको जग्गा भाडामा दिने सम्बन्धमा भएको करार विषयमा विशेष अदालतले उनलाई जरिवाना र कैद सजाय सुनाएको छ । जसलाई उनले अन्यायपूर्ण भनेका हुन्। मंगलबार पत्रकार सम्मेलन गरेर उनले आफूमाथि सुनाइएको फैसला कानुन र प्रमाणअनुरुप नभई अन्यायपूर्ण र विवेकहीन…