मेलबर्न अष्ट्रेलिया । माछा मर्ने क्रममा बेपत्ता अस्ट्रेलियन माझीको शव गोहीको शरीरमा भेटिएको छ । साथीहरूसँग माछा मार्न गएका केभिन डर्मोडी हराउनुअघि उत्तरी क्विन्सल्यान्डको केनेडीज् बेन्डमा गत शनिवार अन्तिम पटक देखिएका थिए। गोहीको वासस्थान क्षेत्रको रूपमा चिनिने उक्त क्षेत्रमा दुई दिनसम्म खोजी गर्दा पनि नभेटिएपछि प्रहरीले दुई वटा ठूला गोहीलाई मारेर हेर्दा शरीरभित्र मानव अवशेष…