लिग च्याम्पियन भई सकेपछि बार्सिलोनाको लगातार दोस्रो हार

लिग च्याम्पियन भई सकेपछि बार्सिलोनाको लगातार दोस्रो हार


काठमाडौँ ।

स्पेनिस ला लिगाको च्याम्पियन क्लब बार्सिलोनाले पुनः अर्को पराजय भोग्नु परेको छ। यस सिजनका ला लिगा च्याम्पियन भइसकेको बार्सिलोनाले लगातार दोस्रो पराजय भोगे पछि उसको उपाधी जित खल्लो हुन पुगेको छ।

मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली रियल भालाडोलिडसँग ३–१ ले पराजित हुन पुगेको हो, यसअघि बार्सिलोना रियल सोसिडाडसँग २–१ ले पराजित ब्योहोर्नु परेको थियो। च्याम्पियन बिजेता घोषित भईसके पछि वार्सिलोनको यो लगातार दोस्रो पराजय हो।

मंगलबार राती भएको खेलको दोस्रो मिनेटमा नै आन्द्रेसर क्रिस्टेन्सेनको आत्मघाती गोल गरे पछि बार्सिलोना सुरुमा नै पछि पर्न गयो। र, सो खेलको २२औं मिनेटमा साइल लरिनले पेनाल्टीमा गोल गरे पछि भालाडोलिडले पहिलो हाफमा नै २–० को अग्रता लिन सफल भयो।

दोस्रो हाफको ७३औं मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै घरेलु टोलीलाई भालाडोलिडलाई ३–० को फराकिलो अग्रता दिलाउन सफल भए तर ८४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा फर्काउन त फर्काए तर बार्सिलोनाका लागि त्यो पर्याप्त हुन सकेनन।

अन्ततः दुवै पक्षवाट थप गोल हुन नसके पछि बार्सिलोना ३–१ ले पराजित हुन पुग्यो।