प्रचण्ड सरकारको मन्त्रीपरिषद् बैठक सुरु हुँदै

प्रचण्ड सरकारको मन्त्रीपरिषद् बैठक सुरु हुँदै


काठमाडौँ ।

संघीय सरकारको मन्त्रिपरिषद् बैठक आज बस्दै छ। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताका शपथ ग्रहण अघि मन्त्रीपरिषद् बैठक बोलाइएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ः३० बजेका लागि मन्त्रीपरिषद् बैठक बोलाएका हुन्। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार नियमित कार्यसूचीमाथि छलफल गर्न बैठक बिहानै बोलाइएको हो।

नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको पद तथा गोपनीयताको शपथ ग्रहण १० बजे हुनेछ।