काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा आफू सम्मानित भएरै आएको बताएका छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा आफूले अपमानित महसुस नगरेको बताए। ‘त्यहाँ (भारत) राज्यमन्त्री नै स्वागत गर्न आउने चलन छ, इतिहास हेर्नु भए हुन्छ,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘म सम्मानित नै भएर आएँ। तर, यहाँ हुने…