काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८९ रुपैयाँ २८ पैसा रहेको छ। बिहीबारको तुलनामा आज अस्ट्रेलियन डलरको रेट २८ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।
यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८३ पैसा र बिक्री दर १३१ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ०३ पैसा र बिक्री दर १४४ रूपैयाँ ६९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २७ पैसा र बिक्री दर १६८ रूपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया