ओखलढुंगामा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

ओखलढुंगामा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु


काठमाडौँ ।

ओखलढुङ्गामा पहिरोमा जाँदा चार जनाको मृत्यु भएको छ। चम्पादेवी गाउँपालिका–८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चारज नाको मृत्यु भएको हो।

यसरी मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको प्रहरीले जनाएको छ।

सो घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगेर उद्धार सुरु गरेका थिए। घटनाको थप बिबरण आउन बाँकी छ।