अष्ट्रेलियाको नेपाली फुटबल प्रतियोगिता मध्यकै सर्वाधिक पुरस्कार राशिको ‘तेस्रो गिरीश च्याम्पियनसिप २०२३’ जुलाईमा हुँदै

एडिलेड अष्ट्रेलिया । अष्ट्रेलियाको एडिलेडमा तेस्रो ग्रिस च्याम्पियनसिप २०२३ को आयोजना हुने भएको छ। गिरीश इभेन्ट एण्ड इन्टरटेनमेन्टले जुलाई २२ र २३ तारिखमा उक्त फुटबल प्रतियोगिता गर्ने भएको हो। पहिलो र दोस्रो गिरिश च्याम्पियनसिप भव्य रूपमा सम्पन्न पारेको आयोजकले यस वर्षको 'तेस्रो गिरिश च्याम्पियनसिप २०२३' को तयारी तीव्र रूपमा भइरहेको गिरीश इभेन्ट एण्ड इन्टरटेनमेन्टका निर्देशक…