वैशाखसम्म उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको जनाएको छ। आर्थिक वर्ष २०७९–८० को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको हो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो। समीक्षा…