मुम्बई ।
सुदीप्तो सेन निर्देशित अदा शर्मा स्टारर फिल्म ‘द केरल स्टोरी’ यो वर्षको ब्लकबस्टर फिल्ममध्ये एक हो।
थिएटरको बक्स अफिसमा उत्कृष्ट व्यापार गरेपछि यो फिल्म छिट्टै ओटिटीमा आउनेमा सबै आशावादी थिए। तर बिडम्बना हालसम्म फिल्मले कुनै पनि ओटिटी प्लेटफर्म पाउन सकेको छैन।
निर्देशक गुप्तोका अनुसार हालसम्म कुनै पनि ओटिटी प्लेटफर्मले फिल्मका लागि सही अफर गरेका छैनन्। ‘हामी एक राम्रो ओटिटी प्लेटफर्मबाट राम्रो व्यापारिक सम्झौताको पर्खाइमा छौं। तर अहिलेसम्म हामीले विचार गर्न लायक कुनै पनि अफर आएको छैन। यस्तो लाग्छ कि फिल्म उद्योग हामीलाई दण्डित गर्न एकजुट भएका छन्’, निर्देशक गुप्तोले भने।
उनको बुझाईमा फिल्मले बक्सअफिसमा पाएको सफलताले कैयौं वर्गलाई हैरान बनाएको छ। त्यसकारण पनि मनोरञ्जन उद्योगका एक वर्ग उनीहरुको सफलतालाई सजाय दिन एकजुट भएको उनको दाबी छ। तर डिजिटल प्लेटफर्महरुले भने राजनीतिक रुपले कुनै पनि विवादास्पद बस्तुलाई अगाडि बढ्न नचाहेको बताएका छन्।
‘केरल स्टोरीले बक्सअफिसमा राम्रो प्रदर्शन गर्यो। यद्यपि फिल्मको विषयवस्तु केही यस्तो छ, जुन दर्शकको एक निश्चित वर्गमा जबरजस्ती आक्रोश पैदा गर्न सक्छ। यो तथ्यलाई हेर्दै कुनै पनि प्रमुख ओटिटी प्लेयर फिल्म लिन तयार छैनन्’, एक प्रमुख ओटिटी प्लेटफर्मका बजार व्यवस्थापकले भनेका छन्।
ती व्यवस्थापकको बुझाईमा ओटिटी प्लेफर्मले अधिक बुद्धिमान, विचारोत्तेजक र मनोरञ्जक विषयमा ध्यान केन्द्रीत गरिरहेको छ। यो अवस्थामा द केरल स्टोरी जस्तो शैलीका कथा प्लेटफर्ममा फिट हुँदैनन्।
प्रतिक्रिया