संसद्को अवरोध खुलाउन प्रधानमन्त्रीले थाले पहल, तीन शीर्ष नेताहरुको बैठक सुरु

संसद्को अवरोध खुलाउन प्रधानमन्त्रीले थाले पहल, तीन शीर्ष नेताहरुको बैठक सुरु


काठमाडौँ ।

प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक शुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा रसहभागी छन्।

गत बुधबारदेखि सङ्घीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन। अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ।

यस्तै, अन्य महत्वपूर्ण विधेयकहरु समेत अगाडि बढ्न सकेको छैन। राष्ट्रियसभाको आजको बैठक पनि एमालेको विरोधपछि सोमबार बिहान ११ः०१ बजेसम्मका लागि स्थगित भएको छ।

यसअघि आज विहानै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनमा आबद्ध दलहरुको बैठकमा समसामयिक विषयमा छलफल भएको थियो । बैठकमा सङ्घीय संसदको अवरोध हटाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ।