मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको एक सैनिक हेलिकप्टर क्वीन्सल्याण्डको तटीय क्षेत्रमा ह्यामिल्टन टापुमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा चालक दलका चार सदस्य बेपत्ता रहेको बताइएको छ। जानकारीका अनुसार सेनाको हेलिकप्टर अमेरिकासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी भइरहेका बेला दुर्घटना भएको हो। अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्सका अनुसार एमआरएच ९० हेलिकप्टर (जसलाई ताइपान पनि भनिन्छ) दुईवटा हेलिकप्टर तालिम सञ्चालनमा…