काठमाडौँ ।
सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि सोमबारको बैठक पनि स्थगित भएको छ। मंगलबार ३ बजे बस्ने गरी सूचना टाँस गरेर बैठक स्थगित भएको हो। सुरुमा १ बजे बस्ने भनेको बैठक ३ बजेका लागि सारिएको थियो।
एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन नभएसम्म प्रतिनिधिसभा चल्न नदिने निर्णय गरेको थियो । जसका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभा लगातार स्थगित भइरहेको छ।
प्रतिनिधिसभा सञ्चालनका लागि शीर्ष नेतृत्वको बैठक चलिरहेको छ। तर, अहिलेसम्म एमालेले आफ्नो अडान नछाडेका कारण सहमति हुन सकेको छैन।
प्रतिक्रिया