काठमाडौँ ।
डेनमार्कलाई हराउँदै आयोजक अस्ट्रेलिया फिफा महिला विश्वकप फुटलबको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा सोमबार भएको प्रि–क्वार्टरफाइनल खेलमा डेनमार्कलाई २–० गोलले पराजित गर्दै अस्ट्रेलिया अन्तिम ८ मा प्रवेश गरेको हो। खेल हेर्न ७५ हजार ८७४ दर्शक आएका थिए ।
अस्ट्रेलियालाई जित दिलाउन केटलिन फोर्ड र हेले रासोले एक-एक गोल गरे। फोर्डले २९ औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाइन् भने रासोले ७१ औँ मिनेटमा गोल गर्दै आयोजक अस्ट्रेलियाको जित सुनिश्चित गरिन्।
अस्ट्रेलिया सन् २०१५ पछि क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
प्रतिक्रिया