काठमाडौं ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपाल र म्यानमारबीच पहिलो खेल सेप्टेम्बर ८ र दोस्रो खेल सेप्टेम्बर ११ मा हुनेछ। दुवै खेल थुवुन्ना स्टेडियममा हुनेछ ।
अक्टोबरमा हुने फिफा विश्वकप छनोटको तयारी स्वरुप दुवै टोलीले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। फिफा वरीयतामा नेपालभन्दा अगाडि रहेको म्यानमार १६०औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।
नेपालले विश्वकप छनोटको प्रारम्भिक छनोटमा लाओससँग खेल्नेछ। होम एण्ड अवे अन्तर्गत नेपालले अक्टोबर १२ मा दशरथ रंगशालमा लाओससँग पहिलो खेल खेल्नेछ भने दोस्रो खेल अक्टोबर १७ मा लाओसको मैदानमा हुनेछ।
प्रतिक्रिया