हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीको शव नेपाल ल्याउने तयारी

काठमाडौँ । आतङ्कवादी समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको र एक जनाको अवस्था अझै अज्ञात रहेको तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले आक्रमणमा ज्यान गुमाएकाहरुको शव व्यवस्थापनबारे इजरायल सरकारका सम्बद्ध अधिकारीहरुसँग छलफल गरिरहेको र नेपाल ल्याउने सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको बताएको छ। हमासको आक्रमणमा परी कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने,…