‘न्याभ बाल दिवस’ अक्टोबर १५ मा,  दश नेपाली विद्यालयले सहभागिता जनाउने

‘न्याभ बाल दिवस’ अक्टोबर १५ मा,  दश नेपाली विद्यालयले सहभागिता जनाउने


मेलवर्न, अष्ट्रेलिया । नेपाली एसोसिएसन अफ भिक्टोरिया (न्याभ) बाल दिवस कार्यक्रम गर्ने भएको छ। भिक्टोरियामा हुर्कदै गरेका नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा, कला, संस्कृति, नृत्य सिकाउने तथा नेपालीहरुको एकतालाई प्रवर्धन गर्ने उद्देश्यले न्याभले अक्टोबर १५ तारिख बाल दिवस मनाउन लागेको हो। 

हरेक वर्ष झैँ यस वर्ष पनि प्राथमिकताको साथ बाल दिवस मनाउने लागेको न्याभका अध्यक्ष प्रेम राज उप्रेतीले जानकारी दिए। 

गाइडस्टार ट्रेनिंग सेन्टरको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा भिक्टोरियाका नेपाली बालबालिकाहरूको सहभागिता रहने उनले बताए। कार्यक्रममा बालबालिकाहरूको नृत्य, सांस्कृतिक प्रस्तुति, नाटक, मन्तव्य, प्रतिभाको खोजी लगायतका गतिविधिहरू गरिने उनको भनाइ छ। 

‘कार्यक्रम आइतबार बिहान १० बजेबाट शुरु हुने कार्यक्रममा मेलवर्नका चर्चित जादुगर एलजे द म्याजिसियनले विशेष प्रस्तुति रहने छ। कार्यक्रममा मेलवर्नमा नेपाली भाषा पठनपाठन हुने १० विद्यालयका बालबालिकाहरु सहभागी हुने आयोजकले जनाएको छ। 

आफ्ना बालबालिकाहरुलाई कार्यक्रममा सहभागी गराएर उनीहरूलाई नेपाली कला, भाषा, नृत्य सिकाउने महत्वपूर्ण अवसर समेत रहेको न्याभको विश्वास छ। न्याभले ८ नेपाली भाषा विद्यालयहरू संचालन गरेको छ।