इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु (नामावलीसहित)

इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु (नामावलीसहित)


काठमाडौँ ।

इजरायलस्थिति सोसियल वेलफेयरले इजरायलमा शनिबार हमास आतंकवादी हमलामा परी १० जना नेपालीको मृत्यु भएको छ। इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको नेपाली दूतावास इजरायलले जनाएको छ।

मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी रहेका छन्।

११ महिनाका लागि लर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरूमध्ये सल्यानका प्रमोद केसी र कैलालीका बीरेन्द्र चौधरी सकुलस छन्। तीमध्ये प्रमोद कृषि फार्मका मालिकसँग रहेका छन् भने बीरेन्द्र प्रहरीकहाँ सुरक्षित छन्।

त्यस्तै विद्रोहीको आक्रमणबाट चार जना घाइते भएका छन्। घाइते मध्य सल्यानका विधान सेजवा र दाङका प्रविन डाँगीलाई खुट्टामा चोट लागेको छ भने कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमााञ्चल कट्टेल अस्पतालमा सकुशल रहेका छन्। कञ्चनपुरका बिपिन जोसी भने सम्पर्कविहीन रहेका दूतावासले जनाएको छ।