काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ८१ पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ०० पैसा र बिक्री दर १६३ रुपैयाँ ७३ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.१८ रुपैयाँ र बिक्री दर ८५.५७ रुपैयाँ रहेको छ। मंगलबारको तुलनामा आज अष्ट्रेलियन डलरको भाउ ६७ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।
आज क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसामा कारोबार हुनेछ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसामा कारोबार हुँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९१ पैसामा खरिदबिक्री गर्न सकिनेछ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२२ रुपैयाँमा कारोबार गरिनेछ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.८५ पैसा र बिक्रीदर ४३१.७९ पैसामा कारोबार हुनेछ।
प्रतिक्रिया