भेपमा सुन तस्करी प्रकरण : राहुल महरासहित चार जनाविरूद्ध मुद्दा दायर

भेपमा सुन तस्करी प्रकरण : राहुल महरासहित चार जनाविरूद्ध मुद्दा दायर


काठमाडौँ ।

इलेक्ट्रिक सिगरेट भेपमा सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलमहरासहित चारजनाविरूद्व अदालतमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्वा दर्ता गरिएकामा राहुल महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङ रहेका छन्। निमा छिरिङ भने फरार छन्।

प्रहरीले उनीहरूविरूद्वभन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी गरेको छ।

दाओजिन वाङलाई आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाएको छ भने अन्य तीन जनालाई भन्सार ऐन, २०६४ र संगठित अपराधको कसुरमा मात्रै मुद्दा चलाइएको हो।

गत पुस १० गते फ्लाइ दुबईबाट आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन थियो। ८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको सुन भन्सार कार्यालयबाट चोरी भएपछि यो घटना बाहिरिएको थियो।