‘आज एनआरएनए डे’, विभिन्न कार्यक्रम गरी मनाइँदै

‘आज एनआरएनए डे’, विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौँ ।

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो स्थापना दिवस मनाउने भएको छ। संघले परम्परागत रुपमा अक्टोवर ११ तारिखमा स्थापनाको २०औँ वर्ष पार गरेको अवसरमा पुजापाठ गरेर ‘एनआरएनए डे’ मनाउन लागेको हो।

बिहान ७ देखि ८ः३० बजे सम्म स्वयम्भूमा गैरआवासीय नेपालीहरु जम्मा भएर पुजापाठ गर्ने र विहान ९ः१५ देखि १०ः३० बजे सम्म पशुपतिनाथको दर्शन गर्ने कार्यक्रमतय गरिएको एनआरएनएका महासचिव गौरीराज जोशीले जानकारी दिए।

यस्तै दिउँसो संघको केन्द्रीय कार्यालयमा रक्तदान, एनआरएनए फाउण्डेशनको साधारण्सभा, भवन कृतिरत्न अवार्ड वितरण लगायत ९ औं राष्ट्रिय खेलकुदका विजेता खेलाडिहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गरिने संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए।

एनआरएनले हरेक बर्ष अक्टाबेर ११ का दिन गैरआवासीय नेपाली दिवस मनाउँदै आएको छ। अक्टोबर ११ लाई नेपाल सरकारले गैरआवासीय नेपाली दिवस (एनआरएन डें) भनेर घोषणा गरेपश्चात नेपालमा हरेक बर्ष गैरआवासीय नेपाली दिवस भब्यरुपले मनाउने गरिन्छ। संसारभर छरिएर रहेका नेपालीहरुले आफु रहेका सम्बन्धित देशमा समेत यो दिवस मनाउने गर्दछन्।

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन १७ अक्टोबरदेखि औपचारिक रुपमा काठमाडौँमा सुरु हुनेछ। सो महाधिवेसनको उद्धघाटन राष्ट्रिपति रामचन्द्र पौडेलले गर्ने भएका छन्।