‘इजरायलमा सम्पर्कविहीन बनेका विपीन जोशीको खोजी भइरहेको छ’

‘इजरायलमा सम्पर्कविहीन बनेका विपीन जोशीको खोजी भइरहेको छ’


काठमाडौँ ।

परराष्ट्र मन्त्रालयले गम्भीरताका साथ इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार लागेको जनाएको छ। बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायलमा रहेका नेपालीको विवरण संकलन भइरहेको र उद्धारमा समेत सरकार गम्भीरतापूर्वक लागेको जानकारी दिइन्।

उहाले इजरायलमा घाइते भएकाहरुको उपचार भइरहेको र द्वन्द्व क्षेत्रमा रहेका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिएको बताइन्। उनले सम्पर्कविहीन बनेका विपीन जोशीको खोजीका लागि पहल गरिरहेको उल्लेख गरिन्।

प्रवक्ता शर्माले इजरायलमा ज्यान गुमाउने नेपालीहरुको अव प्रोटोकल पुरा गरेर छिटो ल्याउनका लागि पनि आवश्यक पहल भइरहेको जानकारी दिइन्।

हाल मृतकको शव इजरायल सरकारको संरक्षणमा राखिएको उनले बताइन्। उनले इजरायलको व्यवसायिक उडानमार्फत नेपाल फर्किन चाहनेलाई सहजिकरण भइरहेको जिकिर गरिन्।