अष्ट्रेलियाको मेलबर्नमा नेपाली पहिचानः मन्दिर र गुम्बा सहितको सामुदायिक घर

मेलबर्न, अष्ट्रेलिया। विश्वको जुनसुकै ठाउँमा पुगेपनि आफ्नो जन्मभूमी, रहनसहन, संस्कार तथा संस्कृति र आफ्नो समुदायप्रतिको माया अनि लगाव संगै रहन्छ। अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई हेर्दा एउटा मिनी नेपाल जस्तो भएर रहेको महसुस हुन्छ। नेपाली नयाँ वर्षदेखि साना–ठूला चाडपर्वसम्म यहाँ रहेको नेपाली समुदायले आफ्नो पहिचान झल्काउँदै धुमधामसंग मनाउने गर्दछ। यसरी आफ्नो संस्कार, रितिरिवाजको जगेर्ना तथा प्रबर्द्धन…