चिनियाँ नेतावाङ आज दिउँसो काठमाडौं आउँदै, यस्तो छ भ्रमण तालिका

चिनियाँ नेतावाङ आज दिउँसो काठमाडौं आउँदै, यस्तो छ भ्रमण तालिका


काठमाडौँ ।

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिववाङ छुङछेङ आज नेपाल आउँदैछन्। औपचारीक भ्रमणमा बुधबार नेपाल आउन लागेका वाङको उच्चस्तरीय राजनीतिक भेटघाटको कार्यक्रम रहेको छ।

नेपाल मामिला हेर्ने निकायका अन्य पदाधिकारी समेत साथै लिएर आउन लागेका वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयन बारे छलफल गर्नेछन्।

वाङले आज उपराष्ट्रपति रामसहाय यादवलाई भेट्नेछन्। बिहीबार उनले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सामान्य प्रशासनमन्त्री अनिता देवीसँग भेट गर्ने कार्यक्रम रहेको छ। २५ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्ने छन्। चीन भ्रमणको क्रममा १० असोजमा वाङसँग प्रधानमन्त्री प्रचण्डको टोलीको भेटवार्ता भएको थियो।