टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्व सर्वोच्चमा रिट

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्व सर्वोच्चमा रिट


कामठाडौँ ।

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णय बदर गरिपाउँ भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा दर्ताका लागि रिट पेस गरेका हुन्।

सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको भन्दै गत सोमबार नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको थियो।