मेलबर्नको बहुसांस्कृतिक केन्द्रलाई अष्ट्रेलियन सरकारको ५ लाख डलर सहयोग

मेलबर्नको बहुसांस्कृतिक केन्द्रलाई अष्ट्रेलियन सरकारको ५ लाख डलर सहयोग


मेलबर्न अष्ट्रेलिया ।

मेलबर्नमा निर्माणाधीन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)लाई अष्ट्रेलियाको केन्द्र सरकारले ५ लाख दिएको छ। धार्मिक क्षेत्रलाई सुरक्षा गर्ने सरकारको निती अनुरुप ५ लाख अष्ट्रेलियन डलर एएनएमसीले प्राप्त गरेको हो।

अष्ट्रेलियन सरकारले दिएको उक्त रकम बहुसांस्कृतिक केन्द्रको सुरक्षाका लागि पर्खाल बनाउने, गेट निर्माण, सिसीटिभी क्यामेरा जडान, सुरक्षा गार्ड र मन्दीरका पुजारीलाई पारिश्रमिक दिन खर्च गरिने एएनएमसीका अध्यक्ष गान्धी भट्टराईले केबीसीलाई जानकारी दिए। नेपाली सामुदायिक केन्द्र निर्माण गर्न अर्को माइलस्टोन हासिल गरेको भन्दै अध्यक्ष भट्टराईले अष्ट्रेलियाको संघीय सरकारलाई धन्यवाद दिएका छन्। अष्ट्रेलियन सरकारबाट यस्तो सहयोग पाएकोमा यहाँका सबै नेपाली समुदाय धन्यवादको पात्र भएको प्रतिक्रिया दिएका छन्।

नेपाली बहुसांस्कृतिक केन्द्रको निर्माणका लागि गत महिना सप्ताहको आयोजना गरिएको थियो। १५ अक्टोबरमा सुरु भएको मेलबर्न सप्ताह–२ २४ अक्टोबर वडादशैँको जमरा लगाएर समापन गरिएको थियो। दश हजार भक्तजनको सहभागितामा रहेको मेलबर्न सप्ताह–२ बाट ७ करोड सहयोग संकलन गरिएको थियो।