एनएक्वीको दसैँ तिहार खसी बाजी सम्पन्न, फुटबलमा सिम्रिक र भलिबलमा गोर्खा ‘ए’ विजयी

ब्रिस्वेन, अष्ट्रेलिया । नेप्लिज एसोसियसन अफ क्वीन्सल्याण्ड (एनएक्वी)ले दसैँ तिहारको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ। एनएक्वीले शनिवार फुटबल, भलिबल, बालबालिकाका तथा महिलाहरूको रमाइलो खेलहरू सम्पन्न गरेको हो।  हरेक वर्ष झैँ यस वर्ष पनि प्रतियोगिताका विजेताले खसी उपहार पाएका थिए। स्प्रिंगफील्ड सेन्ट्रल स्पोर्ट्स कम्प्लेक्समा भएको फुटबलको उपाधि सिम्रिक फुटबल क्लबले जितेको छ। फाइनलमा डाँफे…