टिकटकको प्रतिबन्ध हटाउने प्रधानमन्त्री प्रचण्डको संकेत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने संकेत गरेका छन्। सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको र त्यसमा टिकटकमाथि नियमनको प्रावधान राख्न सकिने उनको भनाइ छ। ‘विधेयक आउँदै छ। त्यसमा नियमन गर्ने प्रावधान राख्न सकिन्छ,’ प्रधानमन्त्रीको भनाइ छ। टिकटक सधैँका लागि बन्द गर्ने आफ्नो र सरकारको नियत नभएको उनको प्रस्टीकरण छ…